Logo

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा मंसिर २९ गते, बुक क्लोज कहिले ?



काठमाडौं, ९ मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा मंसिर २९ गते हुने भएकोे छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले १३औं वार्षिक सभा महाराजा रिसोर्ट, बुटवल–११, रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।

बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने भएको हुनाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्