Logo

च्याम्पियन्स लिगः लिभरपुलको लगातार जित



काठमाडौं, ९ मंसिर । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लिभरपुलले लगातार पाँचौ जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

खेलको ५२ औं मिनेटमा थियागो अलाकान्टराले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

साथै, खेलको ७० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

यस जितसँगै लिभरपुलले ५ खेलमा १५ अंक जोडेको छ ।

लिभरपुल यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्