Logo

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश



काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक÷एक गोल गरे ।

खेलको ५०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

तर, खेलको ६३औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

साथै, खेलको ७६औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २–१ को शानदार जित दिलाए ।

यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै, नकआउट चरणमा पुगिसकेको पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्