Logo

चन्द्र रिजालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं, मंसिर ९ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले नेकपा एमालेको दशौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेका रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

१३ वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सर्वसम्मत चयन भएका उनी ट्रेकिङ एजेन्सिज एसोसियन नेपालको पूर्वअध्यक्ष पनि हुन् । पार्टीभित्र र आम मानिसहरुको बीचमा रिजाल एक कुशल संगठक, बैचारिक पात्र, सामाजिक र गतिशिल युवानेताको रुपमा परिचित छन । रिजालले पार्टीमा बिगत लामो समयदेखि निष्ठा र इमानदारीपुर्बक कृयाशिल भएर काम गर्दै आएका छन् ।
दश वर्षको उमेरदेखि २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म सक्रिय रिजाल २०४६ सालमा नेकपा (माले) को युथ लिगमा संगठित भएका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्तिपछि उनले पार्टीको ईलाका कमिटीमार्फत् सांगठनिक जीवन सुरु गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्