Logo

एमाले १०औं राष्ट्रिय महाधिवेशनमा रामवीर मानन्धर केन्द्रिय सदस्यको उम्मेद्धवार



काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतितिधिसभा सदस्य रामविर मानन्धरले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्धवारी दिने घोषणा गरेका छन् । उनले आदिवासी जनजातिको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका हुन् ।

एमालेले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट ४२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । कार्तिक २७ गते १० वटै निर्वाचन क्षेत्रमा भएको संगठित सदस्य भेलाले चयन गरेका प्रतिनिधिहरुमा प्रतिनिधि सभासदस्य, प्रदेशसभा सदस्य, काठमाण्डौ महानगरपालिकाका प्रमुखसहित धेरै नेता तथा जनप्रतिनिधि रहेका छन। मानन्धरले सहरी विकास राज्यमन्त्री भएर यसअघि नै महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

२०१९ सालमा जन्मिएका नेता मानन्धरले एसएलसीसम्मको अध्ययन गरेका छन्। २०३६ सालबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका मानन्धर २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय छन्।  मानन्धरले २०४९ देखि २०५९ सम्म काठमाडौं वडा नम्बर १६ का अध्यक्ष भएर जनताको सेवा गरे । २०५४ मा नेकपा एमालेका जिल्ला कमिटी सदस्य, २०७० मा निर्वाचित संविधानसभा सदस्य, २०७४ मा निर्वाचित प्रतिनिधि सभा सदस्य, २०७६ देखि २०७७ सम्म शहरी विकास राज्यमन्त्री, २०७७ मा केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका थिए ।

हाल नेता मानन्धर नेकपा एमालेका प्रदेश कमिटिका सदस्य हुन्। २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार मानन्धरले १८ हजार १०२ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए।



प्रतिक्रिया दिनुहोस्