Logo

एमालेभित्र कोहीमाथि पनि विभेद हुँदैन, भीम रावलले उम्मेद्धवारी दर्ता गर्नुहुन्न : केशब बडाल (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टीको माधव नेपालको पार्टीसँग एकता नहुने बताएका छन् । उनले पार्टीको १०औं महाधिवेशनपछि वाम एकतामा जोड दिईने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको वर्तमान सरकार राष्ट्रिय स्वाधिनता, एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र लोकतन्त्र, समृद्ध नेपालको अभियानमा बाधा दिने उद्देश्यले चाहे बुझेर होस या नबुझेर होस गठन गरिएको बताए । उनले वर्तमान सरकारले जनतालाई सेवा÷सुविधा दिएको भन्नु गलत हुने बताए । उनले ऋषि धमलाको जाँगरबाट आफू प्रभावित भएको सुनाए ।

उनले भीम रावलले उम्मेद्धवारी दिने कुरा वा नगर्ने कुरा अहिले नै भन्न नसकिने जिकिर गरे । उनले आफूले रावलले उम्मेद्धवारी दिने भन्नेमा विश्वास नै नगरेको सुनाए । उनले पार्टीमा अब कुनै पूर्व वा पश्चिम नभएको सुनाए । उनले एमालेभित्र कसैमाथि विभेद नहुने सुनाए ।



प्रतिक्रिया दिनुहोस्