Logo

प्रधानमन्त्रीको राजीनामा माग्दै सोलोमन टापुमा भड्कियो हिंसा, संसद् भवन र प्रहरी चौकीमा आगजनी



एजेन्सी, ९ मङ्सिर। प्रशान्त महासागरमा रहेको सोलोमन टापुमा प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा बुधवार विरोधकर्ताहरूले संसद् भवन र प्रहरी चौकीमा आगजनी गरेका छन् । त्यहाँ हिंसा चर्किएपछि प्रदर्शनकारीमाथि प्रहरीले अश्रूग्यास र रबरको गोली प्रहार गरेको जनाइएको छ । स्थिति नियन्त्रणमा लिनका लागि राजधानी होनिआरामा ३६ घन्टाका लागि लकडाउन लगाइएको छ । प्रधानमन्त्री मनास्सेह सोगावरेले बुधवार अबेर राति देशको नाममा सम्बोधन गर्दै राजधानीमा लकडाउन लगाउने घोषणा गरेका थिए ।

सोलोमन टापुसमूहको सबभन्दा धेरै जनसंख्या भएको टापु मलैटाबाट मानिसहरू राजधानी पुगेको र उनीहरूले सरकारका कतिपय नीतिमा आक्रोश व्यक्त गरेको जनाइएको छ । आधारभूत संरचना सुधार गर्ने वाचा सरकारले पूरा नगरेको उनीहरूको आरोप छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्