Logo

स्वं नेता चोखालकी छोरी निपा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका नेता स्वर्गीय टेकबहादुर चोखालकी छोरी नीपा चोखाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रत्यक्ष महिला तर्फबाट नीपाले २ सय ८७ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

उनले सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी भएकी हुन् । प्रत्यक्ष महिला तर्फ १० जना प्रतिस्पर्धीमध्ये चोखालको धेरै मत आएको थियो । क्षेत्र नम्बर ५ मा ५२६ मतदान भएकोमा उनले सबैभन्दा बढी २ सय ८७ मत पाएकी हुन् । प्रत्यक्ष महिला तर्फ उनीसँगै ४ जना विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा आफूलाई अग्रज नेता कार्यकर्ता, प्रतिनिधिहरूले देखाएको माया एवम् सद्भावप्रति खुसी व्यक्त गर्दै चोखालले आभार प्रकट गरेकी छिन् । उनले प्रतिनिधिहरूलाई धन्यावाद दिएकी छिन् । चोखालले भनिन्, ‘मलाई कैलालीका कांग्रेसका अग्रज नेताहरू, प्रतिनिधिहरू र शुभेच्छुकहरूले दिनुभएको मायाप्रति आभार प्रकट गर्दछु । उहाँहरूको यो ऋणलाई समय आएपछि तिर्नेछु । अग्रजको सम्मान गरेर अगाडि बढ्नेछु ।’

 

 



प्रतिक्रिया दिनुहोस्