Logo

जब प्रेमीले गरे प्रेमिकासहित आमा र बुवाको हत्या



एजेन्सी, ९ मङ्सिर। भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेको खुलासा भएको छ । प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्।

प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्। उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्