Logo

एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेप्ट गर्नुपर्छ : गुरु भट्टराई (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । रेल विभागका पूर्व महानिर्देशक गुरु भट्टराईले विकासको एजेण्डामा कसैले पनि पक्ष वा विपक्ष गर्न नहुने बताएका छन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको हितमा रहेको बताएका छन् ।

उनले भने,‘म एमसीसीको पक्ष र विपक्षमा होईन, एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेष्ट गर्नुपर्छ । यो एमसीसी नेपालको हितमा छ । हामीले ट्रान्समिशन लाईन बनाउने हो, अनि सडक स्तरोन्नती गर्ने हो । अब नेपालमा के विकासको आवश्यकत्ता छैन र ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अब अरुले ५ सय मिलियन डलर तिमी लैजाउ, ट्रान्समिसन लाईन बनाउ, सडकको स्तरोन्नती गर भन्दा कसरी राष्ट्रघाती हुन्छ ? जनताको जीवनस्तर उठाउ भन्दा कसरी राष्ट्रघाती हुन्छ र ? ’ उनले एमसीसीको डकुमेन्टमा एक डलर रुपैयाँपनि सेना, पुलिसमा खर्च, र राशनपानीमा खर्च गर्न पाईँदैन भनेर लेखेको स्मरण गराए । उनले भने,‘अनि त्यो विजुलीको तारमा झुण्डिएर सेना आउँछ , बस चढेर सेना आउँछ भनेर यस्ता खालको हावादारी कुरा गर्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्