Logo

बेलायततर्फ गइरहेका २७ शरणार्थीको डुङ्गा दुर्घटनामा मृत्यु



एजेन्सी, ९ मङ्सिर। बेलायततर्फ गइरहेका २७ शरणार्थीको समुद्रमा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको छ। फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको बुझिएको छ । फ्रान्सले उक्त डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ।

बेलायती पत्रिका टाइम्सका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये एकजना पहिला बेलायती सेनाको लागि काम गर्ने अफगान नागरिक थिए। लामो समयदेखि बेलायतको सहयोग पर्खिँदा पनि सहयोग नपाएपछि उनले जोखिमपूर्ण यात्रा गर्ने निर्णय गरेका थिए।

पछिल्लो समय जोखिम मोलैरै भए पनि सानो डुङ्गाको सहयोगमा समुद्र पार गर्न प्रयास गर्नेको समूह बढ्दो छ।अधिकारीहरुले मानव तस्करहरु गैर जिम्मेवार हुँदा यस्ता घटनाहरु बढ्दै गएको बताउँछन्। तर, मानव अधिकारवादीहरुले भने युरोपेली मुलुकको शरणार्थीलाई मुलुकमा आश्रय दिने नीतिमा गरिएको कडाइको कारण उनीहरुले धेरै जोखिम लिन थालेको बताउँछन्। बेलायत र फ्रान्सका प्रधानमन्त्रीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्