Logo

सर्वोच्चको फुलकोर्ट आज बस्दै



काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतको आज फुलकोर्ट (पुर्णबैठक)बस्दैछ । आज बस्ने फुलकोर्टले इलजास तोक्न गोला प्रथा प्रणाली लागु गर्ने मिति तय गर्ने बुझिएको छ।

यसअघि बसेको प्रधानन्यायाधीशसहितको न्यायाधीशहरुको फुलकोर्टले गोलप्रथाबाट सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्ने निर्णय गरेको थियो ।

उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । आजको बैठकले आउँदो बुधबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्