Logo

राप्रपा महाधिवेशन : अध्यक्षमा राजेन्द्र लिङ्देनलाई रेखा थापाको समर्थन



काठमाडौं, ९ मंसिर। राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्धवारी घोषणा गरेका छन्। उनलाई पार्टीका प्रभावशाली नेता धवलशमशेर राणाको समर्थन रहेको बताईएको छ । राणा भने पार्टीको महामन्त्रीमा उठ्ने भएका छन् । चर्चित नायिका रेखा थापाले पनि लिङदेनलाई समर्थन गरेकी छिन् ।

लिङ्देनको उम्मेद्धवारी घोषणा कार्यक्रममा नायिका थापासमेत उपस्थित् थिईन् । पछिल्लो समय थापा अध्यक्ष कमल थापासँग असन्तुष्ट थिईन् । त्यही भएर उनले आगामी महाधिवेशनमा अध्यक्षमा लिङ्देनलाई सघाउने निर्णय गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्