Logo

तालिवानी नेता र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिबीच दोहामा भेटवार्ता हुँदै



एजेन्सी, ९ मंसिर । तालिवानी नेता र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि टम वेस्टबीच कतारको दोहामा भेटवार्ता हुने भएको छ । उनीहरुबीच आगामी हप्ता कतारको दोहामा भेटवार्ता हुन भएको हो ।

उनीहरु अफगानिस्तानको आन्तरिक मामलाबारे छलफल हुने जनाइएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ता नेड प्राइसको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘अफगानिस्तानको आन्तरिक मामलाबारे छलफल हुनेछ । भेटमा आतंकवाद र अमेरिकी नागरिकको सहजताबारे छलफल हुनेछ । भेटको क्रममा अफगानिस्तानमा मानविय सहयोग र आर्थिक स्थितीबारे समेत छलफल हुनेछ ।’

अमेरिकी विशेष प्रतिनिधि टमले गत महिना पाकिस्तान, चीन, रुस र अमेरिकासँग अफगानिस्तानबारे छलफल गरेको जनाइएको छ । टोलो न्यूज एजेन्सी अनुसार टमले गत महिना तालिवानका प्रतिनिधिसँग समेत छलफल गरेका थिए । अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताखीले अमेरिकी र बलायती डेलिगेशनसँग दोहामा नोभेम्बर २७ र २९ लारिख भेटवार्ता तय भएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्