Logo

कुवेतमाथि नेपालको शानदार जित



काठमाडौ, ९ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप अन्तरगत एसिया छनोटमा नेपालले शानदार जित निकालेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा आज (बिहीबार) विहान ११ः१५ मा सुरु भएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा एक विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् ।

कुवेतकी मारिया जस्वीले एक विकेट हात पारेकी थिइन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अल आउट हुदै जम्मा २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले १० रन जोडीन् भने अन्य खेलाडीले फितलो प्रदर्शन गरे ।

नेपालका लागि संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन÷तीन विकेट लिए ।

करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले समान एक÷एक विकेट लिए ।

नेपालले पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै, दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको जित निकालेको थियो ।

यस जितसँगै नेपालले ग्लोबल छनोटको संभावना कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्