Logo

राजस्थान जानुअघि क्याट्रिना र विक्कीले मुम्बईमा विवाह गर्ने



एजेन्सी, ९ मंसिर । बलिउडका चर्चित कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बरमा हुने बिहेको बारेमा हालसम्म पनि आधिकारिक जानकारी दिएका छैनन् । दुई कलाकारहरु केही बोल्न तयार नभए पनि उनीहरु डिसेम्बरमा राजस्थानको सिक्सथ सेन्सेस फोर्ट होटलमा एक अर्काको हुने भएका छन् ।  विवाह गर्ने तयारी गरिरहेको उनीहरुको टोलीले पटक–पटक होटलको भ्रमण समेत गरिसकेको छ ।

क्याट्रिना र विक्कीले आफ्ना नजिकका साथी र आफन्तहरुलाई ७ डिसेम्बरदेखि ९ डिसेम्बरसम्म आफूलाई स्वतन्त्र राख्न समेत भनेका छन् । यहीबाट पनि विवाहमा जानुपर्छ भन्ने संकेत स्पष्ट छ। यसैबीच, राजस्थान जानुअघि कट्रिना र विक्कीले मुम्बईमै कोर्ट म्यारिज गर्ने पनि खबर बाहिर आएको छ । वैधानिक रूपमा अदालतमा विवाह सम्पन्न गरेपछि मात्र राजस्थानमा विधि पुर्याइने भएको देखिएको छ ।

के सलमान र रणवीर बिहेमा जान्छन् ?
कट्रिना सलमान खान र रणवीर कपुरसँग नकै नजिक थिइन् । सलमानसँग उनको रोमान्सको खबरले हेडलाइन बनिरह्यो । भने अर्कोतिर उनी रणवीर कपूरसँग लिभ इनमा थिइन् । सलमानले डिसेम्बरको पहिलो साता सुटिङ गर्ने भएकाले बिहेमा आउने प्रश्न नै उठ्दैन । कट्रिना अब रणवीरका लागि खास रहेनन्, त्यसैले उनीहरु बिहेमा उपस्थित हुने सम्भावना कम देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot