Logo

वरुण धवनको फिल्म ‘भेडिया’ को फर्स्ट लुक सार्वजनिक, प्रदर्शन मिति कहिले ?



एजेन्सी, ९ मंसिर । बलिउड अभिनेता वरुण धवन र कृति सेन फिल्म ‘भेडिया’ मा देखिने भएका छन् । दिनेश विजनको यो फिल्म मार्फत वरुण र कृति दोस्रो पटक ठूलो पर्दामा सँगै देखिनेछन् । दिनेश विजनको प्रोडक्सन हाउसको ‘स्त्री र रुही’ पछि भेडिया तेस्रो कमेडी फिल्म हुनेछ ।

बुधबार चलचित्रको लोगो सार्वजनिक गरिएको थियो । आज चलचित्र ‘भेडिया’ को फर्स्ट लुक पनि सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । फिल्मको फर्स्ट लुकमा वरुण धवन निकै डरलाग्दो स्टाइलमा देखिएका छन् ।

पोस्टरमा वरुण धवनका आँखा ब्वाँसो जस्तै चम्किरहेका छन् । साथै पोस्टरमा फिल्मको रिलिज मिति पनि लेखिएको छ । फिल्म २५ नोभेम्बर २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ। यो फिल्म हेर्नका लागि फ्यानहरुले अझै १ वर्ष कुर्नुपर्ने भएको छ ।
यो फिल्म कोरोना महामारीको निकै कठिन समयमा खिचिएको हो । फिल्मको अधिकांश छायांकन अरुणाचल प्रदेश र मुम्बईमा गरिएको छ । यस वर्षको सुरुमा निर्माताहरूले १४ अप्रिल २०२२ मा ‘भेडिया’ रिलिज गर्ने घोषणा गरेका थिए। तर पछि फिल्मको रिलिज मिति सारिएको थियो । अब फिल्मको नयाँ रिलिज मिति सार्वजनिक भएको छ ।

फिल्म ‘भेडिया’ लाई अमर कौशिकले निर्देशन गरेका छन् । यो एक डरलाग्दो कमेडी फिल्म हो, जसमा वरुण धवन मिलिटरी अफिसर क्षेत्रपालको भूमिकामा मानिसहरूलाई मनोरञ्जन दिँदैछन् ।



प्रतिक्रिया दिनुहोस्