Logo

राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमका अर्जुनले बनाए शतक



काठमाडौं, ९ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशका अर्जून साउदले शतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा प्रदेश नं. २ विरुद्धको खेलमा साउदले शतक प्रहार गरेका हुन् ।

जारी प्रतियोगितामा शतक प्रहार गर्ने साउद पहिलो खेलाडी बनेका छन् ।

उनले ८५ बलमा १४ चौका र ५ छक्काको मद्दतमा ११६ रनको शतकिय पारि खेलेका हुन् ।

यस्तै, सुदुरपश्चिमकै अर्का खेलाडी लोकेश वम पनि ८१ रन जोड्न सफल भएका थिए ।

सुदुरपश्चिमले प्रदेश २ लाई २९१ रनको चुनौति दिएको छ ।

५० ओभरको खेलमा सुदुरपश्चिमले ४१ ओभर २ बलमा अलआउट हुँदै २९० रन बनाएको थियो ।

अहिले चलिरहेको खेलमा प्रदेश २ ले १७.३ ओभरमा ४ विकेटको नोक्सानीमा ८१ रन जोडेको छ ।

 



प्रतिक्रिया दिनुहोस्