Logo

हनुमन्ते खोलामा तैरिइरहेको शव फेला



काठमाडौं, ९ मंसिर । पानीमा तैरिइरहेको अवस्थामा हनुमन्ते खोलामा शव फेला परेको छ । अन्दाजी ४५ वर्षका पुरुषको शव नरेफाँटस्थित हनुमन्ते खोलामा फेला परेको हो ।

विहानै भेटिएको शवको सनाखत भएको छैन । प्रहरीले शवबारे खोजविन गरिरहेको बुझिएको छ ।

शवलाई पोष्टमार्टमका लागि लगिएको बुझिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्