Logo

एमाले महाधिवेशनमा प्रचण्ड नजाने, नारायणकाजी सहभागी हुने



काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । भोलिबाट सुरु हुने एमालेको १०औं महाधिवेशनमा अतिथि र वक्ताको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाईएको थियो ।

तर, माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डभन्दा पनि नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रतिनिधि बनाएर पठाउने भएको छ। यसअघि नै दाहालले आफूलाई निम्तो आएको तर जाने/नजानेबारे पार्टीले निर्णय गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

एमालेले माधव नेपाललाई भने महाधिवेशनमा बोलाएको छैन् । नेपाल नेतृत्वको पार्टी नै अवैद्य भन्दै एमालेले नेकपा (एकीकृत समाजवादी) लाई नबोलाएको हो भनेर एमाले नेताहरुले भन्ने गरेका छन्। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने भोलि एमालेको महाधिवेशनमा सहभागी हुने भएका छन् । उनी हेलिकप्टरमार्फत चितवन जाने कार्यक्रम तय भएको छ। file photo



प्रतिक्रिया दिनुहोस्