Logo

ट्रकको ठक्कर दिँदा महिलाको मृत्यु, प्रदर्शनको क्रममा प्रहरीद्धारा अश्रुग्यास प्रहार



काठमाडौं, ९ मंसिर । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१ लक्की चौराहामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको मृत्यु भएपछि लम्कीमा अहिले तनाव सृजना भएको छ । स्थानियले राजमार्गमा प्रदर्शन गरीरहेका छन् । प्रहरीले भिड नियन्त्रणको लागि अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनकारीहरुले ट्रकमा आगो लगाइदिएका छन् । हालसम्म मृतक महिलाको सनाखत हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्