Logo

चार खेलाडीले बुझाए स्पष्टिकरण



काठमाडौं, ९ मंसिर । राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टिकरण बुझाएका छन् ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले स्पष्टिकरण बुझाएका हुन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा गठित ५ पाँच सदस्यीय समितिले खेलाडीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्ने बताइएको छ ।
समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।

खेलाडीको वर्गकरण लगायत अन्य विभिन्न विषयमा आफ्नो चित्त नबुझेको भन्दै उनीहरुले मिडियामा आएर बोलेका थिए ।

यसै विषयलाई लिएर क्यानले चार खेलाडिसँग स्पष्टिकरण मागेको थियो ।



प्रतिक्रिया दिनुहोस्