Logo

ब्राउनसुगर सहित पक्राउ



कञ्चनपुर, ९ मंसिर । अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्