Logo

जिप्रका पर्साद्वारा मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण



वीरगञ्ज, ९ मङ्सिर: जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निर्माण गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको सहयोगमा प्रहरी कार्यालय परिसरमा कक्ष स्थापना गरिएको हो । नवनिर्मित कक्षमा मिसिल, असिमित हदम्याद भएका फाइल र सबुत प्रमाण राख्ने स्थान छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कक्ष स्थापनापछि मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिए । भवन निमार्णका लागि सखुवाप्रसौनी गाउँपालिकाले सहयोग गरेको हो ।

भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक दराजलगायत सामग्रीको बन्दोबस्त विध्यवासिनी गाउँपालिका र निम्बस ग्रुपलले गरेको हो । गाउँपालिकाले रु तीन लाख तथा निम्बस ग्रुपले रु पाँच लाख ७० हजारको सामग्री सहयोग गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्