Logo

बिहीबार सामान्य अंकले घट्यो नेप्से, ३ अर्बमा खुम्चियो कारोबार



काठमाडौं, ९ मंसिर । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । नेप्सेमा बिहीबार ३ दशमलव २२ अंकले घटेर २७ सय ३१ दशमलव ७८ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ४५ अंकले बढेर ५१५ दशमलव ६४ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २३३ वटा कम्पनीको ४७ हजार ११३ पटक कारोबार भएर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँ बराबरको ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता शेयर खरिद बिक्रि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्