Logo

आज टेलिकमसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ९ मंसिर । शेयर बजारमा आज झिनो अंकको गिरावट आएको छ । नेप्सेमा आज ३ अर्ब बढीको कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको हो । कम्पनीको आज २६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी, आज महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, सिभिल बैंकको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साना किसान विकास बैंकको १० करोड रुपैयाँ, नविल बैंकको पनि १० करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्