Logo

कांग्रेस महाधिवेशनः चिकित्सक संघका पुर्व चार अध्यक्ष महाधिवेशन प्रतिनिधि



काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेपाल चिकित्सक संघका पुर्व अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । संघको पुर्व चार अध्यक्षहरु डा. चोपलाल भुसाल, डा.केदार नरसिंह केसी, डा.अञ्जनीकुरमा झा र डा.मुक्तिराम श्रेष्ठ निर्वाचित भएका हुन् ।

कांग्रेसको मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि चिकित्सकहरु प्रतिनिधिमा निर्वाचित भएका हुन् । डा.केसी नुवाकोट, डा.झा धनुषाबाट, डा.भुसाल र डा.श्रेष्ठ अर्घाखार्चीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्