Logo

गजुरीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भिर घाइते



काठमाडौं, ९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा आज मालबाहक ट्रकको ठक्करबाट ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १४९७ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी उनकी आमाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

धादीङको सिद्धलेक गाउँपालिका–१ नलाङका कृपा अर्याल र मिठु अर्याललाई ट्रकले ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्