Logo

आतंकबादविरुद्ध जनकपुरमा मोटरसाईकल र्याली



जनकपुर, ९ मङ्सिर। जनकपुरमा आतंकवादविरुद्ध आज (बिहिबार) मोटरसाईकल र्याली प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा त्यहाँका युवाहरुले आतंकबादविरुद्ध मोटरसाईकल र्याली प्रदर्शन गरेका हुन् । भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाईकल र्याली प्रदर्शन गरिएको जनाइएको छ ।

जनकपुरस्थित रेल्बे स्टेशनबाट निकालिएको मोटरसाईकल र्याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुँगिएको थियो । प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।



प्रतिक्रिया दिनुहोस्