Logo

पुटिनले लिए नाकले तान्ने कोरोनाविरुद्धको पाउडर भ्याक्सिन



एजेन्सी, ९ मंसिर । रुसले कोरोना भाइरसविरुद्धको यस्तो भ्याक्सिन विकास गरेको छ जुन नाकभित्र दिइन्छ । नाकको दुवैतर्फको प्वालबाट तानिने पाउडर अवस्थाको भ्याक्सिनको परीक्षण भइरहेको छ । यसबाट कुनै साइड एफेक्ट नदेखिएको भ्याक्सिन निर्माता कम्पनी गेमेलियाले जनाएको छ ।

गेमिलियाले रुसको स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर नाकभित्र हाल्ने भ्याक्सिनको दोश्रो चरणको क्लिनिकल टेष्ट गरिरहेको छ ।

यसैगरी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नाकभित्र हाल्ने कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण प्रयोग गरेका छन् । उनले भ्याक्लिन लगाएपछि कुनै अप्ठ्यारो महशुश नगरेको रुसी समाचार संस्था तासले उनले क्याबिनेट बैठकमा भनेको विषय उदृत गर्दै लेखेको छ ।

पाउडर अवस्थाको भ्याक्सिन पुटिनले नाकको दुवैतर्फको प्वालमा लिएको उल्लेख छ । पाउडर लिंदा गहिरो सास लिएको र १५ मिनेट आराम गरेको पुटिनले भनेको तासले लेखेको छ ।

पाउडर भ्याक्सिन लिएपछि पुटिनले भोलिपल्ट विहानै शारीरिक अभ्यास गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्