Logo

एमाले महाधिवेशनमा सहभागी हुन महन्थ ठाकुर चितवन पुगे



काठमाडौं, ९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एमालेको १०औं महाधिवेशनको लागि सहभागी हुन चितवन पुगेका छन् । एमालेले अतिथिको रुपमा ठाकुरलाई बोलाएको थियो । सोहीअनुसार उनी एमालेको महाधिवेशनकोलागि शुभकामना दिन आज चितवन पुगेका हुन् ।

उनी आज बुद्ध एयरबाट चितवन पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने भोलि मात्रै चितवन पुग्ने भएका छन् । उनी हेलिकप्टरमार्फत भोलि चितवन जाने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नजाने भएका छन्। उनलाई पनि अतिथिको रुपमा बोलाईएको थियो ।



प्रतिक्रिया दिनुहोस्