Logo

रुसको कोइला खानीमा आगलागी, ११ जनाको मृत्यु



एजेन्सी, ९ मङ्सिर। रुसको दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा आज (बिहीबार) आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीले जानकारी गराएका छन् । उक्त क्षेत्रमा दर्जनौँ मानिसहरू अलपत्र परेको अधिकारीले बताएका छन् ।

उक्त घटना हुने बेला २८५ जना खानीमा रहेका थिए । त्यसमध्ये २३९ जनाको उद्धार गरिएको र ४६ जना अझै फसिरहेका स्थानीय अधिकारीले बताएका छन् । ४३ जनालाई अस्पताल भर्ना गरिएको र त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त घटनाको थप अनुसन्धान भैरहेको जनाइएको छ।-Photo Source: TASS

 



प्रतिक्रिया दिनुहोस्