Logo

सुदुरपश्चिममाथि प्रदेश २ को जित



काठमाडौं, ९ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले विजयी सुरुआत गरेको छ ।

टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले विजयी सुरुआत गरेको हो ।

सुदुरपश्चिमले दिएको २ सय ९१ रनको लक्ष्य प्रदेश २ ले निर्धारित ५० ओभरमा ४९.१ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।

प्रदेश २ लाई जित दिलाउन आदिल अन्सारीले अविजित रहँदै ८७ रनको इनिङ्स खेले । अन्सारीले ४३ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

प्रदेश २ का लागि अमित यादवले सर्वाधिक ४९ तथा गुल्सन झाले ४६ रन बनाएका थिए ।

रोहन विकले २३ तथा सन्तोष कार्कीले २१ रन जोडेका थिए ।

सुदुरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले समान तीन–तीन विकेट लिएका थिए ।

यस्तै, हेमन्त धामी र लोकेश वमले समान एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले अर्जून साउदको शतकको सहयोगमा ४१ ओभर ४ बलमा अलआउट हुदै २ सय ९० रनको चुनौति दिएको थियो ।

सुदुरपश्चिमका लागि साउदले ८५ बलमा १ सय १६ रनको शानदार सतकिय पारि खेलेका थिए ।

साथै, लोकेश वमले ८१ रनको योगदान गरेका थिए । यस्तै, नरेश भट्टले ३० र वशन्त कार्कीले २७ रन जोडेका थिए ।

प्रदेश २ का लागि प्रदिप पासवानले सर्वाधिक तीन विकेट हात पारेका थिए । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्