Logo

कांग्रेस महाधिवेशन : गृहजिल्ला रुपेन्देहीमा गृहमन्त्री खाँणको पक्षमा दुई तिहाईभन्दा बढि प्रतिनिधिहरू निर्वाचित



काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँणले सभापति शेरबहादुर देउवाको पक्षमा देशव्यापी रुपमा माहोल बनाएका छन्। कांग्रेसमा खाँण अत्यन्तै रुचाईएका नेताको रुपमा परिचित छन् । उनको प्रभाव पार्टीभित्र गृहमन्त्री हुनुभन्दा अघि पनि धेरै नै थियो । प्रधानमन्त्री एवम् सभापति देउवाले रुचाएका नेताको रुपमा खाँण चिनिन्छन् । उनी आफूले पाएको जिम्मेवारी पूरा गर्ने र जस्तोसुकै कठिनाई आएपनि त्यसलाई कुशलतापूर्वक ह्याण्डल गर्नसक्ने नेताको रुपमा चिनिन्छन् । सरकारमा मात्रै नभएर उनले पाँच दलीय गठबन्धनमा पनि शीर्ष नेताहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

पार्टीको महाधिवेशन नजिकिने क्रममा छ । यही मंसिर २४ गतेबाट केन्द्रीय महाधिवेशन सुरु हुँदैछ । अहिले वडा, पालिका, नगर, जिल्ला, प्रदेश, निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरु निर्वाचित भैरहेका छन् । गृहमन्त्री खाँणको गृहज्लिामा भने उनको प्रभावको कारण शतप्रतिशत सभापति देउवाको पक्षमा नतिजा आएको छ । १३० जना प्रतिनिधिहरुमध्ये ९५ जनाभन्दा बढि प्रतिनिधिहरु खाँणको पक्षमा आएका छन् ।

रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, ३ र ५ नम्बर क्षेत्रमा भने खाँणले आफ्नो पक्षमा सबै प्रतिनिधि ल्याउन सफल भएका छन् । जिल्ला सभापतिपनि सर्वसम्मत् गर्ने उनको प्रयास छ। उनले जिल्ला सभापतिमा रामजी खाँणलाई अघि सारेका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर गृहमन्त्री खाँणले आफ्नो रणनीति बनाएका थिए । कांग्रेसमा रणनीति बनाउन नेता खाँण माहिर मानिन्छन् ।

रुपन्देहीको हकमा भने खाँणले आफ्नो पक्षमा दुई तिहाईभन्दा बढि प्रतिनिधि ल्याएका छन् । तर, निर्वाचन क्षेत्र नम्बर २ र ४ मा भने मिश्रित परीणाम आएको छ। क्षेत्रिय सभापतिमा १, ३, ४ र ५ सबैमा खाँणकै मान्छे आएका छन् । निर्वाचन क्षेत्रमा २ मा मात्रै पौडेल पक्षको आएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम