Logo

प्रधानमन्त्री देउवाले आज बारका पदाधिकारीसँग छलफल गर्दै



काठमाडौं, मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएसनका पदाधिकारीसंग छलफल गर्ने भएका छन्।

बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले अहिले बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बताए ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदातल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई धाराण पत्र बुझाएको थियो । आज प्रधानमन्त्री देउवालाई पनि धारणापत्र बुझाउने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्