Logo

प्रचण्डले राजन भट्टराईमार्फत दिए अध्यक्ष ओलीलाई एमाले महाधिवेशनको शुभकामना



काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) को आजबाट सुरु हुने १०औं महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । त्रिभुवन विमानस्थलमा भेट भएका एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईमार्फत दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिएको र आफ्नो शुभकामना भनिदिनु भनेका थिए ।

एमालेले महाधिवेशनमा अतिथिको रुपमा र वक्ताको रुपमा दाहाललाई पनि बोलाएको थियो । तर, दाहालले एमाले नेता भट्टराईलाई आफूहरुले पार्टीको निर्णय गराएर नेता लिलामणि पोखरेललाई पठाउन लागेको पनि जानकारी दिए ।

नेता भट्टराईले भने,‘माओवादी केन्द्रका अध्यक्ष काभ्रेको एउटा कार्यक्रममा सहभागी हुनको लागि उता जान लाग्नुभएको रहेछ, उहाँसँग मेरो एयरपोर्टमा भेट भयो । उहाँले म महाधिवेशनमा आउन पाईनँ भन्नुभयो, तर मेरो शुभकामना छ है, यो सन्देश तपाईँको अध्यक्षलाई सुनाईदिनुहोस भन्नुभयो ।’

file photo



प्रतिक्रिया दिनुहोस्