Logo

चितवनमा एमाले महाधिवेशनको रौनकः ‘आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै ओलीको पक्षमा नाराबाजी (फोटोफिचर)



काठमाडौं, १० मंसिर । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्दैछन् । आजदेखि सुरु भई मंसिर १२ सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

पार्टीका अध्यक्ष ओलीका समर्थकहरुले ‘आजलाई होइन भोलीलाई, १० वर्ष ओलीलाई’ भन्दै ओलीको पक्षमा नाराबाजी गर्दै महाधिवेशन परिसरमा परिक्रमा गरिरहेका छन् ।

महाधिवेशनमा सहभागी हुन एमालेले देशभरबाट नेता कार्यकर्ता चितवनमा उतारेको छ । उनीहरू एमालेको झण्डासहित चितवन आइपुगेका हुन् ।

तस्बिरःईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्