Logo

नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै



काठमाडौं, १० मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप अन्तरगत एसिया छनोटको चौंथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज शुक्रबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

साथै, नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।



प्रतिक्रिया दिनुहोस्