Logo

नारायणहिटी दरबार संग्रहालयमा अब माछापुच्छे बैंकको मोबाइल लकर



काठमाडौं, १० मंसिर । माछापुच्छे बैंकले मोबाइल लकर सुविधा नारायणहिटी दरबार संग्रहालयमा संचालनमा ल्याएको छ । नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाइल लकर संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई बैंकले हस्तान्तरण गरेको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिबीच एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्