Logo

गरिमा बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सम्झौता



काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषले गरिमा विकास बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बैंकले न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको कर्जा सम्झौता गरको जनाएको छ ।

सम्झौतापत्रमा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्