Logo

युरोपा कन्फरेन्स लिगः टोटेनहम मुरासँग पराजित



काठमाडौं, १० मंसिर । युरोपा कन्फरेन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमलाई मुरा एफसीले २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११ औं मिनेटमा टोमी होर्भाटले गोल गर्दै मुरालाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा रायनले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा सिमित भएको थियो ।

७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

साथै, खेलको इन्जुरी समयमा अमादेज मारोसाले गोल गर्दै मुरालाई २–१ को जित दिलाएका थिए ।

यस हारसँगै ५ खेलमा ७ अंक जोडेको टोटेनहम समूह ‘जी’ को तेस्रो स्थानमा रहेको छ ।

३ अंक जोडेको मुरा पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्