Logo

एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवा चितवन जाँदै



काठमाडौँ, १० मङ्सिर। नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनतर्फ प्रस्थान गर्दैछन् ।

आज (शुक्रबार)बाट सुरु हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री देउवा दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्