Logo

मेडिकल काउन्सिल निर्वाचनः काठमााडौंमा आज र भोलि मतदान हुँदै



काठमाडौं, १० मंसिर । काठमाडौं उपत्यकामा आज र भोलि नेपाल मेडिकल काउन्सिलको मतदान हुँदैछ । उपत्यका बाहिर मंसिर ३ र ४ गते मतदान सम्पन्न भइसकेको छ भने शुक्रबार धुलिखेल र काठमाडौं उपत्यकामा मतदान हुने भएका हुन् ।

उपत्यका अन्तर्गत धुलिखेलको स्कील ल्याब भवनमा, प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा हुनेछ । एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा उत्रिएका छन् ।

उपाध्यक्षको लागि ३ र ८ सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको छ । डा.शिवजी पौडेल, डा.रामपरीक्षण यादव र डा.प्रमोद कुमार यादवले उपाध्यक्षको लागि उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्