Logo

दोस्रो चरणका खेल अन्तरगत ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुने



काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।

‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) बाट दोस्रो चरणको खेलहरु सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज सातदोबाटो पहिलो जितको खोजीमा हुनेछ भने थ्री स्टार लगातार दोस्रो जितको खोजीमा रहेने छ ।

शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थियो ।

लिग अन्तर्गत आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा आज पहिलो जितको खोजीमा हुनेछ भने फ्रेन्ड्स पनि पहिलो जितको लागि खेल्नेछ ।

संकटा र फ्रेन्ड्सबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्