Logo

चितवनमा एमालेको जनलहर, उद्घाटन स्थलमा विहानैदेखि भीड



चितवन, मङसिर १० । नेकपा (एमाले) को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा विहान ७ बजेदेखिनै आउनेक्रम जारी छ ।

दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो । बिहानैदेखि भरतपुर नारायणगढ, गैडाकोटका विभिन्न स्थानमा भेला भएर उद्घाटन स्थलमा आउनेक्रम सुरु भएको छ । बाजा गाजा सहित नाचगान गर्दै नदी किनारमा भेला भएका छन् ।

चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको छ । महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको रात्री बस तथा नीजि सवारीबाट चितवन पुगिसकेका छन् ।

चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको छ ।चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने तयारी रहेको छ । मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।

महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन् । दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र शनिवार र आइतबार सौराहामा हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्