Logo

स्वास्थ्यमा सुधार नआएपछि वर्षमान पुनलाई बैंककबाटै चीन लगियो



काठमाडौं, १० मंसिर । थाइल्यान्डको बैंककमा उपचार गराईरहेका नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि चीन लगिएको छ ।

उनलाई बैंककबाट नै चीनको सेन्जेन लगिएको छ। पुनको परिवारले दिएको जानकारीअनुसार उनको उपचार अबज चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा हुने भएको छ । नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन गएका छन्।

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए। बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए।



प्रतिक्रिया दिनुहोस्