Logo

लेजिया वार्समाथि जित निकाल्दै लेस्टर सिटी शीर्ष स्थानमा उक्लियो



काठमाडौं, १० मंसिर । युरोपा लिग फुटबलमा लेस्टर सिटीले लेजिया वार्समाथि जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टरले लेजिया वार्सलाई ३–१ गोल अन्तरले हराएको हो ।

लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा पाट्सन डाकाले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको २१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

साथै, खेलको २६ औं मिनेटमा लेजियाका फिलिपले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए ।

तर, त्यसको १० मिनेट पछि विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई ३–१ को जित दिलाएका थिए ।

जितसँगै ५ खेलमा ८ अंक जोडेको लेस्टर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

६ अंक जोडेको लेजिया तालिकाको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्