Logo

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु



एजेन्सी, १० मङ्सिर। रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएको हो ।

घटनामा ४९ मजदुर घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको समेत मृत्यु भएको जनाइएको छ । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दैे उद्धार कार्य पनि रोकिएको छ । २८५ जना मजुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । उक्त क्षेत्रमा तीन दिन शोक मनाउने निर्णय सरकारले गरेको जनाइएको छ। शोक नोभेम्बेर २६ देखि सुरु गरिने जनाइएको छ।-Photo Source: TASS

 

‘रुसको कोइला खानीमा आगलागी, ११ जनाको मृत्यु’



प्रतिक्रिया दिनुहोस्