Logo

एमाले महाधिवेशनस्थल चितवनमा ऋषि धमलाको क्रेज : सेल्फी खिचाउनेदेखि बाजागाजाले स्वागतसम्म (फोटो/भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । अहिले मध्यान्ह १२ बजेटबाट महाधिवेशनको उद्घाटन हुँदैछ । महाधिवेशनको लागि विदेशी पाहुनाहरुपनि महाधिवेशनस्थल पुगिसकेका छन् । एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकाअनुसार अहिलेसम्म ३० वटा देशबाट आफूहरुलाई महाधिवेशन सफलताको शुभकामना आएको छ।

विभिन्न १५ वटा देशबाट पाहुना आएको पनि उनले जनाए । एमाले महाधिवेशनको रिपोर्टिङ गर्न चितवन पुगेका पत्रकार ऋषि धमलाप्रति महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताहरुको ठूलो क्रेज देखिएको छ । भरतपुर विमानस्थल ओर्लिएदेखि नै धमलासँग सेल्फी खिच्नको भिड लागेको छ। विमानस्थलमा ओर्लिनेबित्तिकै धमलाले प्राइम टिभीको लागि लाईभ सञ्चालन गरेका थिए ।

उनले सुरुमा एमालेको महाधिवेशनमा आएका विदेशी पाहुनाहरुसँग प्रतिक्रिया लिएका थिए । लगत्तै उनी विमानस्थलबाट बाहिरिने क्रममा महाधिवेशनमा सहभागी हुन आएका जनतासँग साक्षात्कारमा व्यस्त भए । तर, उनले प्रश्न सोध्नेभन्दापनि उनको नाम लिएर हुटिङ गर्ने, फोटो खिचाउने र सेल्फी खिच्नेहरुको भिड लागेको थियो । सडकमा रिपोर्टिङको क्रममा सेल्फी खिच्नेहरुको भिड लागेपछि धमलाले गाडीभित्रैबाट लाईभ गरेका थिए । एक ठाउँमा त धमलालाई देख्नेबित्तिकै बाजागाजा लिएर बसेको एउटा समूहले त बाजागाजाबाटै धमलालाई स्वागत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्