Logo

एमाले १०औं महाधिवेशन : प्रत्यक्ष प्रशारण



काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १० औं महाधिवेशन उद्घाटन समारोह सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम सुरू भएको छ ।

महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा सहभागी हुन विभिन्न देशका १५ जना अतिथिहरु चितवन पुगिसकेका छन् भने ३० भन्दा बढि देशका पार्टीले शुभकामना सन्देश पठाएका छन् । Video Source: News Agency Nepal 



प्रतिक्रिया दिनुहोस्